टाइब्रेकरमा जित्यो नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल

Byekhel

१ श्रावण २०८०, सोमबार १ श्रावण २०८०, सोमबार १ श्रावण २०८०, सोमबार

काठमाडौं – बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखला नेपालले जितेको छ । दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा पछि पार्दै नेपाल विजयी भएको हो । पहिलो खेल १-१ को बराबरी खेलेका नेपाल र बंगलादेशले दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका थिए ।

त्यसपछि खेलको विजेता छान्न ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा टाइब्रेकर गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो । टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो ।

अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो । बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।

By ekhel