ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालको दुई खेलाडी सम्मिलित टिम आमने सामने हुँदै

Byekhel

६ श्रावण २०८०, शनिबार ६ श्रावण २०८०, शनिबार ६ श्रावण २०८०, शनिबार

काठमाडौं – क्यानडामा बिहीबारदेखि सुरु भएको ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपालको दुई खेलाडी सम्मिलित टिम आमने सामने हुँदैछन् । सन्दीप लामिछाने सम्मिलित सर्रे जागुएर्स र दीपेन्द्र सिंह ऐरी सम्मिलित मोन्ट्रेल टाइगर्स पहिलो खेलमै भिड्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार राति सवा १ बजे सुरु हुनेछ । त्यसअघि भ्यानकुवर नाइट्स र टोरोन्टो नेस्नल्सबीच राती पौने ९ बजे खेल हुनेछ ।

सन्दीप तेस्रो पटक ग्लोबल टी-२० क्यानडा लिग खेल्दैछन् भने दीपेन्द्र पहिलो पटक विदेशी लिगमा छनोट भएका हुन् । सन्दीपले २०१८ मा भएको पहिलो संस्करणमा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए भने २०१९ मा टोरोन्टो नेस्नल्सबाट खेलेका थिए । कोभिड १९ का काण बीचमा रोकिएको यस लिग चार वर्षपछि फेरि सुरु भएको हो ।

सन्दीप समावेश टिम सर्रे गाजुएर्सको कप्तानी इफ्तिखर अहमदले गर्दैछन् भने प्रशिक्षकमा भारतका लालचन्द राजपुत छन् । यस्तै दीपेन्द्र सम्मिलित मोन्ट्रेलको कप्तानी बंगलादेशी अलराउण्डर शकिब अल हशनले गर्नेछन् भने प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमको प्रशिक्षक रहिसकेका डेभ वाटमोर छन् ।

सर्रेमा सन्दीपसँगै एलेक्स हाल्स, नाथन कल्टर निल, लिट्टन दास, मोहम्मद ह्यारिस, बर्नार्ड स्कोल्ट्ज, बेन कटिङ लगायत खेलाडी छन् । दीपेन्द्र रहेको टिममा भने शकिबसँगै आन्द्रे रसेल,क्रिस लिन, कार्लोस ब्रेथवेइट, शेफान रथुफोर्ड, मुहम्मद वासिम, जाहिर खान जस्ता खेलाडी छन् । ग्लोबल टी-२० क्यानडामा टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

By ekhel