काठमाडौं – नेपाली ओलम्पिक पौडी खेलाडी गौरिका सिंहले जापानको फुकुओकामा आयोजना भइरहेको २० औं संस्करणको वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । बुधबार भएको महिला ५० मिटर ब्याक स्ट्रोकमा उनले ३१.४४ सेकेण्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बताएका छन् ।
यसअघि गौरिकाकै नाममा ३१.८७ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । १३औं सागमा ४ स्वर्ण जितेकी गौरिकाले यसअघि वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा १०० मिटर ब्याक स्ट्रोकमा पनि आफ्नै कीर्तिमान सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यस्तै महिला २०० मिटर फ्रिस्टायलमा नेपालकी डुवाना लामाले व्यक्तिगत समयमा सुधार गरिन् । उनले २ मिनेट १२.४६ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै २ मिनेटमा १२.७६ सेकेण्डको समयमा सुधार गरेकी हुन् ।