काठमाडौं – स्पेन र जापान अष्ट्रेलिया र न्युजिल्यान्डमा भइरहेकाे महिला विश्वकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ । बुधबार भएकाे खेलमा स्पेनले जाम्बियालाई ५-० ले पराजित गरेपछि दुवै टिम अन्तिम १६ मा प्रवेश गरेका हुन् । स्पेनकाे फराकिलाे जितमा हेर्मेसाे फुएन्टस र रेडाेन्डाे फेरेरले दुई-दुई गाेल गरे भने अबिलेइरा डुएनासले एक गाेल गरे ।
समूह सी मा लगातार दुई खेल जितेपछि अन्तिम खेल खेल्नुअघि नै स्पेन र जापानले अन्तिम १६ मा स्थान पक्का गरेका छन् । जापानले बुधबारै काेस्टारिकालाई २-० ले पराजित गरेकाे थियाे । लगातार दुई खेल हारेपछि जाम्बिया र काेस्टारिका समूह चरणबाटै बाहिरिएका छन् ।