स्पेन पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा

Byekhel

२७ श्रावण २०८०, शनिबार २७ श्रावण २०८०, शनिबार २७ श्रावण २०८०, शनिबार

काठमाडौं – टिनएज विंऊर साल्मा पाराल्लुएलाले बेन्चबाट आएर १११औं मिनेटमा निर्णायक गोल गरेपछि साविक नेदरल्याण्ड्सलाई पराजित गर्दै स्पेन पहिलो पटक महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । वेलिङ्ऊटनमा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा स्पेनले नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । साविक उपविजेता नेदरल्याण्ड्स भने क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । स्पेनका लागि ७१औं मिनेटमा अल्बा मारिया रेडोन्डो फेररको स्थानमा मैदान प्रवेश गरेकी साल्माले अतिरिक्त समयमा विजयी गोल गरिन् । त्यसअघि ८१औं मिनेटमा मारिया काल्डेन्टेले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् ।

तर, स्पेन जित नजिक पुग्दा नेदरल्याण्ड्सका स्टेफानी भान डेर ग्राटले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍याएकी हुन् । स्पेनले अब जापान र स्वीडेनबीच शुक्रबारै हुने क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

By ekhel