काठमाडौं – आइसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने महिला टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै एसिया क्षेत्र छनोट र त्यसअघि नेपालले मलेसिया, कुवेत र हङकङसँग चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।
क्वालिफायर्सलाई मध्यनजर गर्दै मलेसियाको विकेटको परीक्षण र वातावरणसँग घुलमिल हुनको लागि र कमजोरी थाहा पाउने मौकाको रुपमा यो सिरजलाई लिएको छ । क्वालिफायर्स अघि यो प्रतियोगिताले नेपाललाई कमजोरी थाहा पाइ सुधारको मौका हुनेछ । अगष्ट २२ देखि २६ सम्म बायुमास ओभलमा हुने सिरिजमा नेपाल र मलेसियासहित हङकङ र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।
चारै टिम टी-२० विश्वकप एसिया क्वालिफायर खेल्दैछन् । एसिया क्वालिफायरमा समूह ए मा रहेको नेपालले मलेसियासँग अगष्ट ३१ मा पहिलो खेल खेल्नेछ । नेपाल रहेको समूहमा मलेसियासहित युएई, कतार, भुटान र बहारइन पनि छन् । समूह बी मा थाइल्याण्ड, हङकङ, चीन, कुवेत र म्यानमार छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुई टोली टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नेछ । यस प्रतियोगिताका लागि नेपाली टिम बिहीबार बिहान १० बजे मलेसिया प्रस्थान गर्ने तालिका रहेको छ ।
नेपाली टोली
रुबिना क्षेत्री(कप्तान), सीता राना मगर, इन्दु बर्मा, अस्मिना कर्मचार्य, बिन्दु रावल, खुसी ढंगोल , रुबी पोदार, पुजा महतो, इश्वरी विष्ट, काजोल श्रेष्ठ, कविता कुँवर, कविता जोशी, सम्झना खड्का र अप्सरी बेगम ।