लिओनल मेसीले फेरि एकपटक सानदार प्रदर्शन गरे

Byekhel

८ भाद्र २०८०, शुक्रबार ८ भाद्र २०८०, शुक्रबार ८ भाद्र २०८०, शुक्रबार

काठमाडौं – लिओनल मेसीले फेरि एकपटक सानदार प्रदर्शन गरेपछि इन्टर मियामी सिन्सिनाटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युएस ओपन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग्स कपको उपाधि जितेको एक साता नबित्दै मेसीको कप्तानीमा रहेको इन्टर मायमी लगातार दोस्रो प्रतियोगितामा फाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिमनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल ३-३ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो । ६८ मिनेटसम्म दुई गोलले पछि परेको इन्टर मायमीका लागि मेसीले उत्कृष्ट प्रदर्शन गरे । उनकै पासमा लियोनार्दो काम्पनाले ६८औं र इन्जुरी टाइममा गोल गरेपछि इन्टर मायमीले खेल बराबरीमा पुर्‍याएको थियो ।

त्यसपछि अतिरिक्त समयमको तेस्रो मिनेटमा जोसेफ मार्टिनेजले गोल गरी इन्टर मयामीलाई ३-२ को अग्रता दिलाएका थिए । तर युया कुबोले सिन्सिनाटीका लागि बराबरी गोल फर्काएपछि खेल ३-३ को रोमाञ्चक अवस्थामा पुग्‍यो । पेनाल्टीसुटआउटमा इन्टर मायमीका गोलकिपर ड्रयाक क्यालेन्डर फेरि नायक बने ।

उनले सिन्सिनाटीका अन्तिम पेनाल्टी प्रहार गरेका निक हागलन्डको प्रहार बचाएका थिए । त्यसपछि बेन्जामिन क्रेमासीले अन्तिम पेनाल्टी प्रहार गोलमा परिणत गर्दै इन्टर मियामीलाई ५-४ को जित दिलाए । इन्टर मायमीका लागि पहिलो पेनाल्टी प्रहार गरेका मेसीले गोल गरेका थिए । अब इन्टर मियामीले यूएस ओपन कपको उपाधिका लागि ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछ ।

By ekhel