पुरुष भलिबल टिम इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो

Byekhel

४ आश्विन २०८०, बिहीबार ४ आश्विन २०८०, बिहीबार ४ आश्विन २०८०, बिहीबार

काठमाडौं – एसियन गेम्सअन्तर्गत पुरुष भलिबलको दोस्रो खेलमा नेपाल ३–० ले इरानसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल इरानसँग २५–९, २५–१४ र २५–१३ ले पराजित भएको हो ।

मंगलबार भएको पहिलो खेलमा बहराइनसँग ३–१ ले पराजित भएको थियो । प्रतियोगितामा पदक जित्ने संभावना सकिए पनि नेपाली पुरुष भलिबल टिमले अब वरीयताका लागि भने खेल्ने छ ।

By ekhel