काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ । नयाँ कार्यसमितिको मंगलबार बसेको बैठकले टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगिता ३० असोजदेखि ९ कात्तिकमा हुनेछ । यो खेलहरु मुलपानीमा हुने क्यानले बताएको छ ।