काठमाडौं – २०३० को विश्वकप ६ देशमा हुने भएको छ । फिफाले स्पेन, पोर्चुगल, मोरक्कोलाई ७ वर्षपछि हुने प्रतियोगिताको सहआयोजक छनोट गरेको हो । उरुग्वे, अर्जेन्टिना र पारग्वेले पनि विश्वकप आयोजनाका लागि दाबी गरेका थिए ।
तर तीन देशलाई सुरुवातको खेल आयोजनाको जिम्मा दिइएको छ । त्यसपछि बाँकी खेल स्पेन, पार्चुगल र मोरक्कोमा हुने फिफा अध्यक्षले जानकारी दिएका छन् । यसअनुसार विश्वकप २०३० का खेल तीन महादेशका ६ देशमा हुनेछ । यसलाई अर्को बर्ष बस्ने फिफा कंग्रेसले औपचारिकता दिने बीबीसीले जनाएको छ ।