त्रिकोणात्मक टी-२० आइ सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

Byekhel

१० कार्तिक २०८०, शुक्रबार १० कार्तिक २०८०, शुक्रबार १० कार्तिक २०८०, शुक्रबार

काठमाडौं – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आइ सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा बिहान ११ बजेदेखि खेल सुरु हुनेछ। नेपालले अपराजित रहेर फाईनल खेल्न लागेको हो।

सिरिजमा नेपालले हङकङ र यूएईलाई समान दुई खेलमा हराएको थियो। उता यूएई भने सिरिजको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटमा अघि रहँदै फाइनल खेल्न लागेको हो। यूएईले हङकङलाई एक खेलमा हराएको थियो।

समान २ अंक भएपनि यूएईले नेट रनरेटको कारण फाइनल खेल्न लागेको हो। नेपालले पछिल्लो खेलमा यूएईलाई ५ विकेटले हराएको थियो। सिरिजपछि नेपालले घरेलु मैदानमा नै आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ।

By ekhel