काठमाडौं – स्पानिस ला लिगामा आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडले अलाभेजलाई २-१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोका लागि रोड्रिगो रिक्वेल्मेले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै पहिलो हाफको इन्जुरी टाइममा अल्भारो मोराटाले गोल गरी एट्लेटिकोको अग्रता दोब्बर पारे ।
अलाभेजका लागि एन्डर गुएभाराले इन्जुरी टाइममा एक गोल फर्काए । जितपछि १० खेलबाट २५ अंक जोडेको एट्लेटिको बार्सिलोनालाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । ११ खेल खेलिसकेको बार्सिलोनाको २४ अंक छ । पराजित अलेभज ११ खेलबाट ९ अंकसहित १७औं स्थानमा छ ।