काठमाडौँ – क्रोएसिया अर्को वर्ष जर्मनीमा हुने युरोकप २०२४ का लागि छनोट भएको छ । छनोट चरणको समूह ‘डी’ अन्तर्गत गएराति भएको खेलमा अर्नेनियालाई १-० ले पराजित गर्दै क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको हो । क्रोएसियाका लागि एनटे बुडिमिरले एकमात्र गोल गरे । जितपछि ८ खेलबाट १६ अंक जोडेको क्रोएसिया समूह उपविजेताको रुपमा छनोट भएको हो ।
समूह ‘डी’ बाट टर्की यसअघि नै छनोट भइसकेको छ । अर्को खेलमा टर्की र वेल्सले १-१ को बराबरी खेले । यस बराबरीपछि १७ अंक जोडेर टर्की समूह विजेता बन्यो । १२ अंक जोडेर तेस्रो स्थानमा रहेको वेल्सले भने प्लेअफ खेल्नुपर्नेछ ।