एनएसएलमा चितवनको पहिलो जित

Byekhel

१६ मंसिर २०८०, शनिबार १६ मंसिर २०८०, शनिबार १६ मंसिर २०८०, शनिबार

काठमाडौं , १६ मङ्सिर – नेपाल सुपर लिग एनएसएल फुटबलको इतिहासमा नवौं खेलमा आएर पहिलो जित हात पारेको छ । पहिलो सिजनमा खेलेका ६ खेलमा ४ हार र २ बराबरी गरेको चितवनले यो सिजनमा तेस्रो खेलमा जित निकाल्ने क्रममा वीरगञ्ज युनाइटेड एफसीलाई २-१ अन्तरले हरायो ।

जारी सिजनमा चितवन एफसी पोखरासँग १-० ले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ को बराबरीमा रोकिएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको चितवनलाई जिताउन विमल घर्ती मगर र तोरिक जब्रिनले गोल गरे । वीरगञ्जका एकिन्स बाफोरले १ गोल गरे पनि त्यो हार टार्न पर्याप्त भएन ।

By ekhel