एक्काइसौँ जेसीज कप फुटबल प्रतियोगिता सुुरु

Byekhel

२१ मंसिर २०८०, बिहीबार २१ मंसिर २०८०, बिहीबार २१ मंसिर २०८०, बिहीबार

म्याग्दी – म्याग्दीको सदरमुुकाम बेनीमा आजदेखि अन्तर माध्यमिक विद्यालयस्तरीय २१औँ जेसीज कप फुटबल प्रतियोगिता सुुरु भएको छ । तेइस वटा विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थी सहभागी प्रतियोगिताको पहिलो दिन चार वटा खेल भएका छन् । उद्घाटन खेलमा साविक विजेता शारदा माविले बुुद्ध एकेडेमीलाई शूून्यकाविरुद्ध एक गोल गर्दै विजय सुुरुआत गरेको छ ।

प्रकाश माविले गौबोम बस्त माविलाई दुुईकाविरुद्ध तीन, न्यु वेष्ट पोइन्ट आवासीय माविले मङ्गला माविलाई शूून्यकाविरुद्ध पाँच, बेनी सामुुदायिक माविले किसानी मावि बिमलाई शूून्यकाविरुद्ध पाँच गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको म्याग्दी जेसीजका अध्यक्ष सुुमन बानियाँले जानकारी दिनुुभयो । माउन्ट एभरेष्ट आवासीय मावि र केबी एकेडेमी बीचको खेलको निर्धारित समयमा दुुवै टिमबाट एक-एक गोल भएको थियो ।

पेनाल्टी सुुटआउटमा माउन्टले केबीलाई सातकाविरुद्ध आठ गोल गरेर दोस्रो चरणमा प्रवेश गरेको छ । बेनीको खुला मञ्चमा चार दिनसम्म सञ्चालन हुुने प्रतियोगिताको मुुख्य प्रायोजक गण्डकी प्रदेशसभा सदस्य विमला गौचन संस्थापक रहनुुभएको राम–विमला गौचन फाउण्डेशन रहेको छ । फाउण्डेशनले प्रतियोगिता सञ्चालनका लागि रु एक लाख सहयोग गरेको छ ।

एक्काइस वर्षदेखि वार्षिकरुपमा सञ्चालन हुँदै आएको जेसीज कप फुटबल प्रतियोगिता विद्यालय तहका खेलाडीमा लोकप्रिय मानिन्छ । विजेतालाई जेसीज कप, रनिङ शिल्ड, ट्रफी, पदक र प्रमाणपत्रसहित नगद रु ५२ हजार दुई सय २२ र उपविजेतालाई ट्रफी, पदक र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार दुई सय २२ पुरस्कार प्रदान गरिने प्रतियोगिताका मूल संयोजक विनोद घर्ती क्षेत्रीले बताउनुभयो ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राइजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमशः नगद रु दुई हजार पाँच सयका दरले पुरस्कृत गरिने भएको छ । अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई रु पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले बताउनुभयो ।

प्रतियोगितामा रु सात लाख ५० हजारभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विद्यालयस्तरका खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी जेसीजले जनाएको छ ।

By ekhel