काठमाडौं – बर्नार्डो शिल्भा र ज्याक ग्रिलिसले दोस्रो हाफमा गरेको गोल मदतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लुटन टाउन विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा इमानुएल एबडेबायोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै लुटनलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सिटीले दुई गोल फर्कायो । ६२औं मिनेटमा बर्नार्डो शिल्भाले सिटीका लागि बराबरी गोल गरे ।
त्यसको तीन मिनेट पछि नै ग्रिलिसले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई पहिलो पटक अग्रता दिलाए । त्यही अग्रता कायमराख्दै सिटी विजयी भयो । जितपछि सिटीले चार खेलको जितविहीन यात्रा टुङ्ग्याएको छ र १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमै छ । शीर्ष स्थानको लिभरपुल भन्दा चार अंकले पछि रहेको सिटीले तेस्रो स्थानको एस्टन भिल्लासँग अंक दुरी दुईमा झारेको छ ।