कञ्चनजङ्घा सेसेलुङ गोल्डकप : सुनसरीको विजयी सुरुआत

Byekhel

५ पुष २०८०, बिहीबार ५ पुष २०८०, बिहीबार ५ पुष २०८०, बिहीबार

फुङ्लिङ – चासोक तङ्नामका अवसरमा फुङ्लिङमा आयोजित कञ्चनजङ्घा सेसेलुङ गोल्डकपमा सुनसरीको चकरघट्टी फुटबल क्लबले विजयी सुरुआत गरेको छ । आयोजक ताप्लेजुङको कञ्चनजङ्घा फुङ्लिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । चकरघट्टीको तर्फबाट आकाश राईले खेलको २०औँ र ४६औँ मिनेटमा गोल गर्नुभएको थियो ।

कञ्चनजङ्घाका तर्फबाट अनुप सेन्दाङले ३३ मिनेटमा फ्रि किकमार्फत गोल भएको थियो । आकाश पहिलो खेलको म्यान अफ दी म्याच भएका छन् । बिहीबारको दोस्रो खेल पाँचथर फुटबल क्लब र जलथल फुटबल क्लब झापाबीच हुने आयोजकले जनाएको छ । आठ टिम सहभागी प्रतियोगिताको फाइनल पुस ११ गते हुनेछ । विजेताले रु तीन लाख दुई हजार र उपविजेताले रु एक लाख ५१ हजार प्राप्त गर्नेछन् ।

By ekhel