काठमाडौं – साफ यू-१६ महिला च्याम्पियनसिप मार्च १ तारिखदेखि नेपालमा हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेश सहभागी हुने छन् ।
राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । प्रतियोगिताको पहिलो खेल भारत र भुटानबीच मार्च १ मा हुने छ । नेपालले भने पहिलो खेल बंगलादेशसँग मार्च २ मा खेल्ने छ । प्रतियोगिताका खेलहरु च्यासल मैदानमा हुनेछन् ।