लिभरपुललाई ५ अंकको अग्रता

Byekhel

८ माघ २०८०, सोमबार ८ माघ २०८०, सोमबार ८ माघ २०८०, सोमबार

काठमाडौं – डार्विन नुनेज र डिएगो जोटले दुई दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा एएफसी बर्नमाउथलाई ४-० ले पराजित गरेको छ । लिभरपुलले चारै गोल दोस्रो हाफमा गरेको थियो । नुनेजले ४४औं र खेलको इन्जुरी टाइममा गोल गरेका थिए ।

यस्तै जोटाले ७०औं र ७९औं मिनेटमा गोल गरेका थिए । फरवार्ड मोहमद सालाह अफ्रिकन कप खेल्न गएपछि लिरभपुलले उनको अभाव महसुस गर्न परेको छैन । यद्यपि अफ्रिकन कप दौरान घाइते भएका सालाह भने उपचारका लागि लिभरपल नै फर्कने भएका छन् ।

जितपछि शीर्ष स्थानको लिभरपुलले म्यानचेष्टर सिटी, आर्सनल र एस्टन भिल्लामाथि पाँच अंकको अग्रता बनाएको छ । २१ खेलबाट लिभरपुलले ४८ अंक जोडेको छ । सिटीको २० खेलबाट तथा आर्सनल र एस्टन भिल्लाको २१ खेलबाट समान ४३ अंक छ ।

By ekhel