एमएम कप राष्ट्रिय क्रिकेट : मधेस र सुदूरपश्चिम प्रदेश फाइनलमा

Byekhel

६ फाल्गुन २०८०, आईतवार ६ फाल्गुन २०८०, आईतवार ६ फाल्गुन २०८०, आईतवार

कास्की – मधेस प्रदेश र सुदुरपश्चिम प्रदेश पोखरामा जारी मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यू–१६ क्रिकेट प्रतियोगताको फाइनलमा पुगेका छन् । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइलनका खेलमा मधेसले बागमती र सुदूरपश्चिमले गण्डकी प्रदेशमाथि जित निकाल्दै प्रतियोगिताको उपाधि नजिक पुगेका हुन् ।

सुदूरपश्चिमले गण्डकीलाई एक सय चार रनले पराजित ग¥यो । सुदूरपश्चिमका लागि विशाल विष्टले ५० बलमा एक छक्का र १२ चौकाको मद्दतमा ६६ रनको योगदान दिएपछि उसले दुई सय पाँच रनको स्कोर खडा गरेको थियो । गण्डकीका सोनु यादवले चार विकेट लिए । प्रकाश खनाल र समिर भुजेलले समान एक–एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकी १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय एक रनमात्रै बनाउन सक्यो । गण्डकीका ब्याटर सुदर्शन कोइरालाले २८ र इशान श्रेष्ठले २२ रनबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । आज भएको दोस्रो सेमिफाइनलमा मधेस प्रदेशका चन्दन रामले दुई छक्का र सात चौकाको मद्दतले ५९ रनको नटआउट पारी खेलेपछि मधेसले बागमतीविरुद्ध पाँच विकेटले जित हासिल गरेको हो ।

बागमतीले टस जितेर निर्धारित २५ ओभरम खेलमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनाएकामा मधेसले आफ्नो लक्ष्य २३ दशमलव चार ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । बागमतीका हिमाल बोहराले ५९ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । खेलमा चन्दन रामले दुई विकेट लिए । उनी खेलको प्लेयर अफ दि म्याचसमेत घोषित भए । बागमतीका रोहित ठाकुरले तीन विकेट लिए ।

प्रतियोगिताको विजेता टिमले नगद रु एक लाख नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले रु ५० हजार नगदसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र प्लेयर अफ द म्याचलाई खेल सामग्रीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल खेल फागुन ७ गते हुनेछ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा यही माघ २८ गतेदेखि भइरहेको प्रतियोगितामा कुल आठ टिमको सहभागिता छ । प्रतियोगिताअन्तर्गत ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको लिग कम नकआउटमा सञ्चालन गरिएको थियो । प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश र समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल थिए ।

By ekhel