काठमाडौं – फ्रान्सको शीर्ष डिभिजनको लिग खेलिरहेकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाले पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेल खेल्ने भएकी छिन्। साम्बा सम्मिलित एन अभान्ट गुइएङग्याम्पले शनिबार पिएसजीको सामना गर्दैछ। तर, उनी टोली बाहिर हुने भनिएको थियो।
पीएसजीविरुद्धको खेल साम्बा टोलीमा आवद्ध हुनुअघिकै भएका कारण स्क्वाडमा उनको नाम समावेश गरिएको थिएन। तर उनी सम्मिलित क्लबको आग्रहपछि साम्बा आज मैदान उत्रने भएकी हुन्। साम्बा गत जनवरीमा मात्र टोलीमा आवद्ध भएकी थिइन्। उनले शीर्ष डिभिजन क्लब एन अभान्ट गुइएङग्याम्पसँग डेढ वर्षको सम्झौता गरेकी छिन्।