ताप्लेजुङ, २९ वैशाख – ताप्लेजुङमा खुला म्याराथन प्रतियोगिता हुनेभएको छ । आगामी जेठ ३ देखि ७ गतेसम्म आयोजना हुने ताप्लेजुङ महोत्सवको अवसरमा खुला पुरुष तथा महिला म्याराथन प्रतियोगिता गर्न लागिएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
‘स्थानीय अग्र्यानिक मेला महोत्सवमा प्रोत्साहन, ताप्लेजुङको पर्यटकीयस्थलको प्रचारप्रसार तथा अवलोकन’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवको अन्तिम दिन म्याराथन प्रतियोगिता आयोजना गरिने गरिने छ । म्याराथनमा भाग लिने पुरुषले फुङलिङ बजारबाट पाथीभरा (मुकुमलुङ) धाममा पुगेर पुनः फुङ्लिङ बजारसम्मको करिब ५० किलोमिटर दूरी पार गर्नुपर्ने छ । यस्तै, महिला हाफ म्याराथनका लागि करिब ४० किलोमिटर दू्री तय गरिएको छ ।
म्याराथनअन्तर्गत पुरुषतर्फ प्रथम हुनेलाई रु एक लाख ५१ हजार एक सय ११, दोस्रोलाई रु एक लाख ११ हजार एक सय ११ र तेस्रो हुनेलाई रु ५१ हजार एक सय ११ सहित प्रमाणपत्र प्रदान गरिने छ भने महिलातर्फ विजेतालाई रु ८१ हजार एक सय ११, उपविजेतालाई रु ५१ हजार एक सय ११ र तेस्रो हुनेलाई रु ३१ हजार एक सय ११ पुरस्कार पुरस्कार प्रदान गरिने छ । त्यस्तै सहभागी प्रतियोगीमध्ये उत्कृष्ट १०औँ स्थानसम्म आइपुग्ने पुरुष तथा महिला दुवैलाई समान रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।