महिला एसिया कपको फाइनलमा भारत र श्रीलंका खेल्ने पक्का

Byekhel

१२ श्रावण २०८१, शनिबार १२ श्रावण २०८१, शनिबार १२ श्रावण २०८१, शनिबार

काठमाडौँ – बंगलादेशलाई हराउँदै भारतीय टोली नवौँ पटक महिला एसिया कपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकेटले पराजित गरेको हो । बंगलादेशले प्रस्तुत गरेको ८१ रनको झिनो लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई ११ ओभरमा पछ्यायो । भारतका लागि स्मृति मन्धानाले ३९ बलमा ५५ रन बनाइन् । शेफाली वर्माले २८ बलमा २६ रनको इनिङ खेलिन् ।

यसअघि बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन बनाएको थियो । बंगलादेशका लागि निगार सुल्तानाले ३२ र शोर्ना अख्तरले अविजित १९ रन बनाएकी थिइन् । अन्य सात ब्याट्सम्यानले दोहोरो अंक पनि पार गर्न सकेनन् । भारतीय बलर रेणुका सिंह र स्पिनर राधा यादवले ३–३ विकेट लिए । पुजा वस्त्राकार र दिप्ती शर्माले एक–एक विकेट लिए ।

त्यस्तै महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा श्रीलंका प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंका फाइनलमा प्रवेश गरेको हो । श्रीलंकाको डम्बुलामा पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य घरेलु टोलीले १९.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाले अब उपाधिका लागि भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै फाइनलको यात्रा गरेको थियो । भारत र श्रीलंकाबीचको फाइनल खेल आइतबार हुनेछ ।

By ekhel