साफ यु-२० च्याम्पियनसिपमा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश

Byekhel

८ भाद्र २०८१, शनिबार ८ भाद्र २०८१, शनिबार ८ भाद्र २०८१, शनिबार

काठमाडौँ – साफ यु-२० च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १-० ले पराजित गरेको छ । लगातार दुई जितपछि भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले दुई खेलमा ६ अंक जोड्यो । माल्दिभ्स भने दुई खेलमा पराजित हुँदै अंकविहिन हुँदै समूह चरणबाट बाहिरियो ।

भारतले माल्दिभ्सलाई हराएपछि भुटान समूह बी को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको इन्जुरी टाइमको पाँचौ मिनेटमा भारतका लागि मंग्लेनथाङ किपगेनले निर्णायक गोल गोल गरे । यसअघि नै समूह ए बाट घरेलु टोली नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । नेपाल दुई खेल जित्दै समूह ए को विजेता बन्दा बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

By ekhel