साफ यू–२० च्याम्पियनसिप सेमिफाइनलका खेलहरु एन्फा कम्प्लेक्समा नै हुने

Byekhel

८ भाद्र २०८१, शनिबार ८ भाद्र २०८१, शनिबार ८ भाद्र २०८१, शनिबार

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका खेलहरु ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नै हुने भएको छ। यसअघि काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने भनिएको खेल खराब मैदानका कारण एन्फा कम्प्लेक्स मैदानमा सारिएको थियो।

समूह चरणका खेलहरु एन्फा मैदानमा र सेमिफाइनल र फाइनल खेल दशरथ रगंशालामा गराउने तयारी एन्फाले गरेको थियो। यद्यपी मैदानको खराब अवस्थाका कारण नै सेमिफाइनल खेल पनि एन्फा कम्प्लेक्स मैदानमा हुने प्रवक्ता सुरेश शाहले बताए।

उनले भने, सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा गराउने योजना थियो तर मैदानको अवस्थाका कारण सेमिफाइनल खेल एन्फा मैदानमा हुनेछ। मैदान ठिक भए फाइनल खेल दशरथ रगंशालामा हुनेछ। च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपालले समूह बी को उपविजेता भुटानविरुद्ध खेल्नेछ। सो खेल आइतबार हुनेछ।

दोस्रो सेमिफाइनलमा समूह बी को विजेता भारतले भने समूह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ। दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ। फाइनल खेल बुधबार हुनेछ।

By ekhel