धनुषा, १२ कात्तिक – १३औं वनदेवी माई अध्यक्ष गोल्डकप–२०८२ को उपाधि वीरगञ्ज यूनाइटेड पर्सा ले जितेको छ। मंगलबार भएको फाइनलमा वीरगञ्ज यूनाइटेड र जनसेवी फुटबल क्लब बर्दिवास १–१ गोलमा बराबरीमा रोकिएका थिए। पेनाल्टी सुटआउटमा वीरगञ्जले ४–३ को जीत हासिल गरी उपाधि आफ्नो नाम गरेको हो।
विजेताले १ लाख ५५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेका छन्। उपविजेता बर्दिवासले ५५ हजार रुपैयाँ र मेडल पाएको छ। प्रतियोगिता बटेश्वर गाउँपालिका र बनदेवी माई युवा क्लब को आयोजनामा तिहार तथा छठ पर्वको अवसरमा कार्तिक २ गतेदेखि सुरु भएको थियो। प्रतियोगितामा कुल आठ टोलीले सहभागिता जनाएका थिए।
